यी हुन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका चन्द्रागिरि नगरका १७ विद्यालयहरूः
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिका १७ विद्यालय छनोट भएका छन जसले विभिन्न शीर्षकमा एकमुष्ट बजेट प्राप्त गर्नेछन् ।
सोमबार सार्वजिनक गरिएको विद्यालयको सूचि अनुसार चन्द्रागिरि नगरका ६ विद्यालयले सिकाइ सामाग्री, उपलब्धि अभिवृद्धि शीर्षकमा प्रति विद्यालय ६ लाख ५० हजार बजेट पाउनेछन् । जसमा वनदेवी आधारभुत विद्यालय बलम्बु, इन्द्रज्योती आधारभुत विद्यालय दहचोक,जनचेतना अाधारभुत विद्यालय, प्रभात मावि चेकपोष्ट, श्रीकृष्ण मावि दहचोक तथा नारायणजन मावि मच्छेगाउँ रहेका छन् ।
तीन वटा विद्यालयले कक्षाकोठा निर्माणका लागि प्रति विद्यालय १८ लाखका दरले बजेट पाउनेछन भने खानेपानी सहितको शाैचालय निर्माणका लागि एउटा विद्यालयले ७ लाख रूपैंयाँ पाउनेछ । यो सूचिमा भीम मावि बाडभन्ञ्याङ, भैरवनाथ आधारभूत विद्याल बोसीगाउँ तथा कंकाली मावि पुरानो नैकाप रहेका छन् ।
त्यस्तै कम्प्युटर ल्याब स्थापनाका लागि विष्णुदेवि मावि तीनथानाले १३ लाख रूपैंयाँ प्राप्त गरेको छ । त्यस्तै पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माण शीर्षकमा विद्यामन्दिर मावि पुरानो नैकापले ६ लाख ५० हजार रूपैयाँ पाउनेछ ।
शिक्षामा नविन प्रविधि प्रर्वर्धन शीर्षकमा जनविकास मावि मातातीर्थले ६ लाख ५० हजार रूपैयाँ पाउनेछ ।
त्यस्तै विशेष विद्यालय शीर्षकमा सिर्जनशील अपांग पुनःस्थापना विशेष शिक्षा विद्यालयले १० लाख रूपैयाँ पाउने उक्त सूचिमा उल्लेख गरिएको छ ।