दही, घ्यू, पनीरको पनि बढ्यो भाउ
दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको भाउ बढेको छ। दूधजन्य पदार्थमा पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्म मूल्य बढेको निजी डेरी उद्योगीहरूले बताएका छन्।
डेरी उद्योगीको छाता संगठन नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले संयुक्त रूपमा मूल्य बढाएको हो।
दूधको मूल्य वृद्धि हुनु दही आधा लिटर प्याकेटको ६५, एक लिटर बट्टाको एक सय ४५, आधा लिटर ८०, एक कप दही (दुई सय मिलिटिर) को ३५ रूपैयाँ थियो।
अब भने दही आधा लिटर प्याकेटको ७५, एक लिटर बट्टाको एक सय ६५, बट्टा आधा लिटरको ९०, दुई सय मिलिलिटर कपको ४० रूपैयाँ पर्छ।
बटरको (नौनी) को भाउ पनि सय रूपैयाँभन्दा बढी बढेको छ। नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक किलो पनीरको आठ सय ३० रूपैयाँ तिर्नुपर्छ। यसअघि पनीरको किलोको सात सय ५० रूपैयाँ थियो। नयाँ मूल्यअनुसार अब उपभोक्ताले एक किलो पनीरको आठ सय ३० रूपैयाँ तिर्नुपर्छ। यसअघि पनीरको किलोको सात सय ५० रूपैयाँ थियो। त्यस्तै घ्यू किलोको एक हजार २० रूपैयाँबाट बढेर एक हजार एक सय पुगेको छ। खुवा पनि सय रूपैयाँ बढेर किलोको ७ सय ५० रूपैयाँ भएको छ।