बम राखिएको हल्लाले नागढुंगा-कलंकी खण्डको यातायात अस्तव्यस्त

Thankot Times

शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका १५ नैकापस्थित सडकमा शंकास्पद वस्तु देखिएपछि केहि बेर यस क्षेत्रको यातायात बन्द गरिँदा थानकोट क्षेत्रको यातायात अस्तव्यस्त हुन पुग्यो । कार्यालय समय सुरू हुनै लाग्दा सडकमा सवारी साधनको चाप थामी नसक्नु देखिन्थ्यो ।

कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले ती वस्तु नक्कली बम भएको बताउनुभयो । नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु निष्कृय पारेसँगै यस क्षेत्रको यातायात सुचारू भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *