एकीकृत समाजवादीको चन्द्रागिरि नगर कमिटि अध्यक्षमा भाईकृष्ण बलामी
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको चन्द्रागिरि नगर कमिटि अध्यक्षमा चन्द्रागिरि नगरपालिका ६ मातातीर्थका भाईकृष्ण बलामी चयन हुनुभएको छ ।
शनिबार आयोजित नगर कमिटि घोषणा कार्यक्रममा बलामी सर्वसम्मत अध्यक्ष चयन हुनुभएको बताइएको छ । कार्यक्रममा बागमती प्रदेशकी सांसद् रमा आलेमगर लगायतको उपस्थिति रहेको थियो ।