गुर्जुधाराका बक्सर ‘हिउँचितुवा’को दबदबा कायमै
युवा पुस्ताका चर्चित बक्सर खेलाडी अविरल घिमिरे (हिउँचितुवा) ले ऐतिहासिक सफलता हासिल गर्नुभएको छ। आइतबार अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउन्डमा नै पराजित गरी उहाँले बक्सिङ खेलमा नयाँ रेकर्ड समेत कायम गर्नुभएको छ ।
सो तौल समूहको प्रतिष्पर्धामा लगातार तीन पटक विजयी हुने उहाँ दक्षिण एशियाकै पहिलो खेलाडी समेत बन्नुभएको छ ।