चन्द्रागिरि नगरमा स्थगित नक्सा सम्बन्धी कार्य पुनः सुचारू
चन्द्रागिरि नगरपालिकामा रोकिएको नक्सा सम्बन्धी सम्पूर्ण कार्यहरू पुनः सुचारू भएका छन् । नगरपालिकामा कार्यरत केही कर्मचारीहरूमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि गत माघ ६ गतेबाट नक्सा सम्बन्धी सम्पूर्ण कार्यहरू बन्द गरिएका थिए । प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले दिनुभएको जानकारी अनुसार बुधबारबाट ती सेवा सुचारू भएका हुन् ।